वर्षाले रोकियो नेपाल र भारतको खेल
काठमाडाैं | भदौ १८, २०८०
काठमाडौं: एसिसी एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको खेल वर्षाका कारण पुनः खेल रोकिएको छ ।
३७.५ आभेरमा नेपाल १७८-६ को स्थितिमा छ । दीपेन्द्रसिंह ऐरी २७ रन र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन् ।
श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो । भिम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् । भारतका रविन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन् ।
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

